नेपालबाट डिपेन्डेन्ट जापानमा ल्याउने प्रकृया (भाग २) |

नेपालबाट डिपेन्डेन्ट जापानमा ल्याउने प्रकृया (भाग २) |

नेपालबाट डिपेन्डेन्ट जापानमा ल्याउने प्रकृया (भाग २) |

नेपालबाट आफ्ना बालबच्चा वा श्रीमान–श्रीमतिलाई जापानमा जापानमा ल्याउनका लागि पूरा गर्नुपर्ने प्रकृयाका बारेमा लेखिन लागेको यो दोस्रो भाग हो,

नेपालबाट आफ्ना बालबच्चा वा श्रीमान–श्रीमतिलाई जापानमा जापानमा ल्याउनका लागि पूरा गर्नुपर्ने प्रकृयाका बारेमा लेखिन लागेको यो दोस्रो भाग हो, अघिल्लो भागमा हामीले डिपेन्डेन्ट भिसा कस्तो भिसा हो, कस्तो बसोबास अवस्था रहेका व्यक्तिहरुले इप्लाई गर्न पाउँछन् भन्ने विषयमा चर्चा गरेका थियौं । यदि तपाईले पहिलो भाग पढ्नुभएको छैन भने यो लिंकमा क्लिक गरि पढ्न सक्नुहुन्छ ।

डिपेन्डेन्टका रुपमा आफ्नो परिवारलाई जापान ल्याउनका लागि सोच बनाइसक्नुभएको हो भने तपाईले केही आवश्यक कागजातहरु तयार पार्नुपर्ने हुन्छ । आवश्यक कागजातहरुको तयारी भैसकेपश्चात आँफै अध्यागमन कार्यालय (इमिग्रेशन) मा गएर वा वकिलमार्फत जापान आउनका लागि योग्यताको प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिविलीटि–COE ) का लागि आवेदन दिन सक्नुहुन्छ । सामान्यता आवेदन प्रक्रियाको सुनुवाई भई नतिजा निस्कन ३ महिनाको समय लाग्छ । थप केही कागजातहरु माग गरिएको वा आवश्यक केही जानकारी इमिग्रेशन अधिकारीहरुले तपाईसंग माग गरेको खण्डमा यो समय लम्बिन पनि सक्छ तर सामान्यतथा ३ महिनाभित्र तपाईले जापान ल्याउनका लागि अनुमति पाउने वा नपाउने भन्ने कुराको नतिजा थाहा भइसक्छ ।

ल्याउन नपाउने नतिजा आयो भने, इमिग्रेसनमै गई के कारणले ल्याउन नमिलेको हो, के कुराको कमिले गर्दा आवेदन स्वीकृत नभएको हो भन्ने विषयमा सल्लाह गर्न पाउनुहुन्छ । जसले गर्दा तपाईलाई अर्को पटक एप्लाई गर्दा अहिले भएका कमीकमजोरीहरुलाई सच्चाएर पूनः आवेदन गर्न सहज हुन्छ ।

आवश्यक डकुमेन्टहरु के–के हुन ?
अध्यागमन विभागको वेवसाइट(http://www.immi-moj.go.jp/english/tetuduki/kanri/shyorui/01-format.html)मा अंग्रेजी भाषामै पनि आवश्यक डकुमेन्टहरुका बारेमा जानकारी दिइएको छ, हामीले ति जानकारीलाई सरल भाषामा अनुवाद गर्न प्रयास गरेका छौं ।
१. आवश्यक विवरणहरु सहित भरिएको आवेदन फारम (फारम अध्यागमन विभागको यो वेवसाइटबाट डाउनलोड गर्न सकिन्छ । फारममा उल्लेख गर्नुपर्ने जानकारीहरु पहिले भरेको विवरणसंग नबाझिने, फरक नपर्ने गरि लेख्नुपर्छ ।
२. व्यक्तिगत विवरण खुल्ने गुणस्तरीय फोटो ३० मिलिमिटर चौडाई ४० मिलिमिटर ऊचाई भएको, डिपेन्डेन्टको छाती भन्दा माथिको भाग टाउको सहित राम्रोसंग देखिएको, अगाडि फर्किएको, टोपी लगाएको हुँनुहुँदैन र फोटो प्रष्ट बुझिने हुनुपर्छ । (फोटोको पछाडि आवेदकको नाम समेत लेख्नुहोला ।)
३. आफ्नो ठेगाना लेखि, आवेदनको नतिजा आउने खाम ( ३९२ यनको टिकट टासी पेश गर्नु पर्छ ।)
४. तपाई र तपाईको डिपेन्टेन्ट वीच नाता प्रमाणित गर्न कुनै पनि कागज
– पारिवारिक नाता प्रमाणपत्र
– विवाह दर्ता प्रमाणपत्र
– जन्म दर्ता प्रमाणपत्र
– बिवाह गर्न मन्जुरी प्रमाणपत्र
साथै, तपाई र डिपेन्डेन्ट वीचको नाता प्रमाणित गर्न आवश्यक अरु कुनै कागजहरु चाहिएको खण्डमा पेश गर्न सक्नु हुन्छ। अन्य भाषामा भएका कागजातहरु अनिवार्य रुपमा जापानी भाषामा अनुवाद गरिएको हुनुपर्छ ।
५. तपाईको आवासीय कार्ड(जाइर्यु कार्ड) र राहदानी, डिपेन्डेन्टको राहदानीको कपी ।
६. काम गरेको प्रमाणपत्र वा आम्दानीको स्रोत खुल्ने कागजात
– यदि तपार्इ ब्यबसाय वा कम्पनीमा काम गरि आम्दानीका कृयाकलापमा संलग्न हुनुहुन्छ भने नोकरी गर्नु भएको वा ब्यबसाय संचालन अनुमति पत्र चाहिन्छ, साथै तपाईले गरेको व्यवसाय के हो भन्ने कुरा खुल्ने प्रमाणपत्र चाहिन्छ ।
– रेसिडेन्स ट्याक्स तिरेको प्रमाणपत्र (सिटी अफिसमा गई निकाल्न सकिन्छ) तिर्न बाँकी छ वा शुन्य कर छ भने पनि सोही कुरा खुल्ने प्रमाणपत्र चाहिन्छ । (निकाल्न सम्भव छैन भने तलब खुलाइएको कर्मचारी प्रमाणपत्रले पनि काम गर्छ ।
– कम्पनीको कामदार हुनुहुन्छ भने तलबको विवरण र रोजगारी प्रमाणपत्र।
– बसोबास गर्दै गरेको सिटी अफिसबाट जारी गरिएको बसोबास अवस्था प्रमाणपत्र (ज्यूमिन्ह्यो)
यदि तपाइँ कुनै काम वा ब्यबसाय गर्नुहुन्न वा विद्यार्थी हुनुहुन्छ भने,
– पढ्दै गरेको कलेज वा युनिभर्सिटीबाट दिइने विद्यार्थी प्रमाणपत्र ।
– तपाइको बैंकको विवरण(ब्यालेन्स स्टेटमेन्ट) वा कुनै छात्रवृति नियमित पाइरहनुभएको छ भने सो को विवरण ।
माथि उल्लेखित डकुमेन्टहरु तयार पारि तपाई आफै इमिग्रेसनमा गएर सर्टिफिकेट अफ इलिजिबिलिटी(COE) का लागि आवेदन दिन सक्नुहुन्छ । इमिग्रेसनन वकिलमार्फत आवेदन दिंदै हुनुहुन्छ भने तपाईका व्यक्तिगत कागजातहरु वकिललाई बुझाउनु भएपछि आवश्यक फारमहरु भरि वकिलले नै इमिग्रेशन गई आवेदन दिन सक्दछन् । सो कार्यका लागि तपाईले वकिललाई पूर्णाधिकार दिएको पत्रमा हस्ताक्षर गरेको हुनुपछ जुन आवेदन फारममै हुन्छ ।
ध्यान दिनुपर्ने केही कुरा
सर्टिफिकेट अफ इलिजिविलीटिका लागि भरिने फारम अंग्रेजीमा वा जापानी भाषामा भरेर बुझाउन पाइन्छ । प्रमाणका रुपमा पेश गरिने अन्य कागजातहरु भने जापानी भाषामा अनुवाद गरि बुझाउनुपर्छ । आवेदन फारम बुझाउने समयमा डकुमेन्टहरुको सक्कल समेत देखाउनु पर्ने हुन्छ तर फारम पेश गर्दा फोटोकपी मात्र बुझाउनुभए हुन्छ । बुझाएका ओरिजिनल कागजातहरु फिर्ता हुनेछैनन् । (धेरै जनाले बच्चाको जन्मदर्ता वा विवाह दर्ता सक्कलनै बुझाएका कारण अर्को पूनः बनाउन झण्झट खेपेका म्यासेजहरु हामीलाई आइरहन्छन् ।
जापानमा डिपेन्डेन्ट राख्नु भनेको तपाईको आफ्नो कमाइमा उनीहरुलाई पाल्छु भन्ने हो । त्यसैले तपाईको मासिक कमाई कति छ भन्ने कुराले पनि डिपेन्डेन्ट ल्याउन पाउने नपाउने कुरा निर्धारण गर्छ । जापानमा बसोबासका लागि एक जनाका लागि ८० हजार (अनुमानित) मासिक आम्दानीले पुग्ने आकलन गर्दा एक जना डिपेन्डेन्ट पाल्नका लागि तपाईको मासिक आम्दानी कम्तिमा पनि १६ मान (१ लाख साठी हजार जापानी येन) हुनुपर्छ । नेपालीहरुको केशमा सामान्यतया १८ मान (१ लाख ८०) हजार वा सोभन्दा बढि मासिक आम्दानी हुनेहरुले डिपेन्डेन्ट ल्याएको पाइन्छ ।
साधारणतया डिपेन्डेन्टका रुपमा प्राप्त आवासिय अवस्थामा काम गर्ने अधिकार हुँदैन तर बसोबास अवस्था बाहेक अन्य कार्यमा पनि संलग्न हुन (“Permission to Engage in Activities Other than that Permitted Under the Status of Residence Previously Granted”) पाउँ भनि निवेदन पेश गरेपश्चात हप्तामा २८ घण्टासम्म काम गर्ने अधिकार पाइन्छ ।
जापानी भाषामा राम्रो दक्षता भएका डिपेन्डेन्टले कम्पनीहरुमा कामदारका रुपमा आफ्नो भिसा परिवर्तन गरि पूर्णकालिन कामदारका रुपमा काम गर्न पनि सक्छन् ।
भिसाको लागि दरखास्त चै कसरी दिने ?
तपाइले आफ्नो परिवार लिएर आउने योग्यता प्रमाणपत्र (सर्टिफिकेट अफ इलिजिबिलिटी) पाइसकेपछि सो पत्र नेपालमा पठाउनु पर्छ । साथमा तपाईको जाइर्यु कार्ड र पासपोर्टको फोटोकपी, बसोबास प्रमाणपत्र (ज्यूमिन्ह्यो) पठाउनुपर्छ । ज्यूमिन्ह्योमा तपाई बस्ने ठेगाना जापानी भाषामा मात्र हुने भएकाले अंग्रेजीमा ठेगाना लेखि पठाइदिनुभयो भने नेपालमा भिसा आवेदनका लागि फारम भर्दा सजिलो हुन्छ । सर्टिफिकेट अफ इलिजिबिलिटीको सक्कलका साथमा माथि उल्लेखित डकुमेन्टहरु नेपाल पठाउँदा हुलाकमा गई EMS मार्फत पठाउन सक्नुहुन्छ ।
यता जापानबाट पठाइएका डकुमेन्ट नेपाल पुगेपछि श्रीमान–श्रीमतिको लागि भए विवाह दर्ताको प्रमाणपत्र र छोराछोरीका लागि भए जन्मदर्ता प्रमाणपत्र सहित नेपालमा रहेको जापानी दूतावासमा भिसा आवेदन दिनुपर्छ । डिपेन्डेन्ट भिसामा आउन लागेको व्यक्तिको पासपोर्ट र एक प्रति ४५ मिलिमिटर उचाई र ४५ मिलिमिटर चौडाई भएको फोटो टाँसी भरिएको भिसा फारम सहित बुझाउनुपर्छ । भिसा फारम यो लिंक(http://www.np.emb-japan.go.jp/pdf/visaapplication.pdf)मा क्लिक गरि डाउनलोड गर्न सक्नुहुन्छ । आवेदनपश्चात दूतावासको व्यस्तता हेरि ३ दिनदेखि १ हप्ताभित्रमा भिसा जारी हुनेगरेको छ ।
यात्राको तयारी
हुन त सर्टिफिकेट अफ इलिजिबिलिटी पाउनु नै जापानको भिसा पाउने कुराको ग्यारेण्टी होइन तर भिसाको मुख्य आधार भने हो । जापानको भिसा हात परिसकेपछि आफ्नो जापान यात्रा कसरि सहज बनाउने भन्ने कुरामा पनि ध्यान दिनुहोला । नियमानुसार भिसा जारि भएको दिनदेखि ३ महिनाभित्र जापान आइसक्नुपर्ने हुन्छ । श्रीमान वा श्रीमति डिपेन्डेन्टका रुपमा जापान आउँदै हुनुहुन्छ भने भिसा आवेदनको तयारी गर्नुपूर्व देखिनै जापानी भाषा सिक्दै गर्नुभयो भने यहाँ आएपछि दैनिक जीवनयापन सहज हुन्छ । सो कुरामा पनि ध्यान दिनुहोला ।
माथि उल्लेखित बिषयलाइ ध्यानमा राखेर कागजपत्र बनाउनुभयो भने पक्कै पनि तपार्इ जापानमै रहेरआफ्नो परिवारसंगै कमाउन र रमाउन सक्नुहुन्छ । थप केही जानकारी आवश्यक भएमा जापानको परराष्ट्र मन्त्रालयको यो वेवसाइट वा नेपालस्थित जापानी दूतावासको यो वेवसाइटमा गई जानकारी लिन पनि सक्नुहुन्छ । थप केही जानकारी आवश्यक परेमा हामीलाई म्यासेज गरि सोध्न पनि सक्नुहुनेछ ।
यो जानकारी उपयोगी लागेमा सेयर गरि साथीभाईहरुमाझ पनि पुर्याइदिनुहोला न है ।

Copied from https://www.nepaaru.com/jankari/bringing-dependent-to-japan-from-nepal-part-2/

Gallery

Sorry no more images available

X Special Japanese Language & Computer Institute
Enquire Now