नेपालबाट जापान आउँदै हुनुहुन्छ ? ल्याउँदै नल्याउनुस् यि सामान |

 नेपालबाट जापान आउँदै हुनुहुन्छ ? ल्याउँदै नल्याउनुस् यि सामान |

नेपालबाट जापान आउँदै हुनुहुन्छ ? ल्याउँदै नल्याउनुस् यि सामान |

कुनै पनि ठाउँमा जानुभन्दा पहिला त्यो ठाउँको बारेमा जान्नु बुझ्नु निकै महत्वपूर्ण कुरा मानिन्छ ।

कुनै पनि ठाउँमा जानुभन्दा पहिला त्यो ठाउँको बारेमा जान्नु बुझ्नु निकै महत्वपूर्ण कुरा मानिन्छ । धेरैजस्ता मानिसहरु भ्रमण गर्नु अगाबै यो कुराको हेक्का राख्दछन तर कतिपयलाई भन यो कुराको ज्ञान नहुँदा ब्यर्थैमा दुःख पाइरहेका छन्। केही महिना अघिनै हामीले जापानबाट नेपाल जाँदा साथमा लैजान पाइने सामानहरुको सूची प्रकाशन गरेका थियौं । 
यदि तपाई पनि काम, व्यापार, साथीभाई भेटघाट अथवा यही पढाई तथा कामका का लागि होस् या छुट्टिमा नेपाल गएर फर्कदा होस् सामानसहितको लगेज बोकेर जापान आउँदै हुनुहुन्छ भने आफ्नो झोला प्याक गर्नुअगावै यी कुराहरुमा राम्रो ध्यान दिनुहोला ताकि तपाइलाई भन्सारमा झन्झट नहोस र यात्रा सफल रहोस ।

१. फलफुल र तरकारीजन्य बस्तुहरु
प्राय गरि बनस्पतिजन्य कुराहरु कुनैपनी देशमा लैजानु परेका खण्डमा विशेष स्वीकृति लिनुपर्ने हुन्छ । जापानमा पनि विना अनुमति तरकारी तथा फलफुलका बोटबेर्नाहरु ल्याउन पाइँदैन।यदि तपाई जापान आउदै हुनुहुन्छ र साथमा ताजा तरकारी, फलफुल, आदि ल्याउदै हुनुहुन्छ भने होस् गर्नुहोस। तपाईले लिएर आउन लाग्नुभएको समानमा जापानमा नपाइने हानिकारक किटाणुहरु हुनसक्छन्। अर्को कुरा के पनि छ भने हामीले ल्याउन लागेका सामानहरुमा त्यहाँको माटो पनि संगै आउनेहुँदा विशेष ख्याल राख्नु पर्छ ।
नेपालीहरुको हकमा हेर्ने हो भने थाहा नभएकै कारण भांग मिसिएका अचार लिएर आउँदा समस्यामा परेका उदहारणहरु प्रसस्त छन् ।
यस विषयमा थप जानकारीको लागि तल दिएको जापानको कृषि, वन र मत्स्य विकास मन्त्रालयले निकालेको सुची हेर्न सक्नुहुन्छ ।

२. मासु
बाहिरबाट ल्याइएका मासुजन्य पदार्थसंगै रोगका किटाणु पनि जापान प्रवेश गर्नसक्ने भएकाले र त्यसले महामारी समेत फैलनसक्ने भएकाले आलो मासु ल्याउन प्रतिन्धित छ । कुनैपनि कुरा जस्तै मासु, अण्डा, हड्डी, रगत, रौँ, भुत्ला, सिङ्ग, दिसा, पिसाब, काचो दुध आदि तपाईको झोलामा भेटिएका खण्डमा एयरपोर्टमा विशेष जाँच गरिन्छ । यस्ता बस्तु छन् भने त्यो सामानसंग सम्बन्धित प्रमाणपत्र पनि अनिवार्य ल्याउनुपर्छ ।

३. लोपुन्मुख प्रजाति
तपाईसंग झोलामा कुनै लोपुन्मुख प्रजातिका जनावर तिनका अंग, रौँ, बनस्पति जस्ता कुरा छन भने त्यो पनि गैरकानुनी हो। ख्याल गर्नुहोला । 

४. लागुपदार्थ
तपाईसंग आफ्नो लगेजमा कुनै पनि किसिमका लागुपदार्थ छन् भने होस् गर्नुहोस जापानमा यसको कानुन निकै कडा छ । गाँजा ,हाशिस, कोकिन, मेथ, ब्राउन सुगर जस्ता लागुपदार्थ तपाईसंग भेटिएमा जापानको कानुन अनुसार सजाय पाउनुहुन्छ । लागुपदार्थ नेपाली बाजा सामाग्रीमा राखेर जापान छिराएको भेटिएपछि पोहोर केही नेपाली युवाहरु पक्राउ पनि परेका थिए ।

५. हातहतियार
जापानमा व्यक्तिगत सुरक्षाका लागि बन्दुकहरु राख्न पाउने कानुन छ तर सो अनुमति पाउन भने सहज छैन । जापान आउँदा तपाईसंग बन्दुक, बम र सो संग सम्बन्ध राख्ने कुनैपनि किसिमका कच्चापदार्थ भेटिएमा दुख पाउनुहुनेछ ।


६. नक्कली सामान
ओरिजिनल जस्तै देखिने तर नक्कली र कमसल सामानहरु जस्तै ब्रान्डेड ब्याग, कपडा, घडी आदि धेरै संख्यामा ल्याउदै हुनुहुन्छ भने पनि सचेत हुनुहोस । तपाईलाइ सजाय मात्र हैन कि तपाईका सामानहरु सबै जफत हुन्छ ।

७. अश्लिल भिडियो तथा किताब
यस्ता अश्लिल भिडियो, म्यागेजिन तथा किताब, पत्रिका र बालयौनसंग जोडिएका कुराहरु जापानमा लिएर आउन पाईदैन । साथसाथै पाइरेटेड सिडीहरु, सफ्टवयरहरु पनि जापान ल्याउनु गैरकानुनी मानिन्छ । यस्तो भेटिएमा सजायमात्र नभई तपाईले नगद जरिवाना समेत तिर्नुपर्दछ ।

८. नक्कली पैसा र अरुको नामको क्रेडिट कार्ड
तपाई जहाँबाट आउन लाग्नुभएको भएपनि नक्कली पैसा वा अरु कसैको नाममा जारि भएको क्रेडिट कार्ड तपाईको साथमा भेटिएमा जापानको कानुन अनुसार सजाय पाउने निश्चित छ । यस विषयमा पनि सचेत रहनुहोस् ।
यसबाहेक तरवार, हावामा चलाईने बन्दुक, धेरै मात्रामा औसधि, कस्मेटिक सामान जस्ता सामाग्रीहरुको लागि पनि विशेष अनुमति पत्रको आवश्यकता पर्दछ । त्यसैले तपाईले आफ्नो यात्रा सुरु गर्नु अगावै यी साधारण तर महत्वपूर्ण कुराको जानकारी लिइराख्नुभयो भने तपाईको यात्रा सहज बन्नेछ र अनावश्यक झन्झटबाट बच्नुहुनेछ । नेपालदेखि जापानसम्मको तपाइको यात्रा सफल रहोस ।


Copied from https://www.nepaaru.com/jankari/dont-bring-these-things-to-japan/



Gallery


Sorry no more images available

X Special Japanese Language & Computer Institute
 Enquire Now